Banijya News

अर्थतन्त्रलाई सुधार्न ‘बोल्ड डिसिजन’ लिँदै छौं : प्रधानमन्त्री प्रचण्ड

1
1.0K Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र विस्तारै सुध्रिने बाटोमा रहे पनि थप सुधारका लागि बोल्ड डिसिजन लिनैपर्ने देखिएको औंल्याएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन रहेको आवश्यकता औंल्याए। प्रधानमन्त्री प्रचण्डले सुधारको बाटोमा जाँदै गरेको तर गम्भीर अवस्थाको अर्थतन्त्रलाई लिकमा ल्याउन थप निर्णय आवश्यक भएको जनाए ।

‘अर्थतन्त्रलाई उकास्न अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने झनै अप्ठेरो परिस्थितितिर जान सक्ने खतरा छ। यसका आन्तरिक, राष्ट्रिय–अन्तर्राष्ट्रिय आयाम पनि छन्। तर, निर्णायक हामी आफैं हो। नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्नुपछ,’ उनले भने। उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए।

1

Scroll to Top