नेपाली बजारमा सोमबार सुनको मुल्यमा वृद्धि देखिएको छ । यस दिन सुन तोलामा १४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४४५ रुपैयाँ पुगेको छ।


