Banijya News

नागढुंगा सुरुङमार्ग उद्घाटनमा स्थानीयका माग सम्बोधन गर्ने मन्त्री लम्सालको आश्वासन

1
1.0K Shares

नागढुंगा सुरुङमार्गको उद्घाटन कार्यक्रमका अवसरमा सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको नेतृत्वमा स्थानीय बासिन्दाहरू विरोध प्रदर्शनमा उत्रिएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उनीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन ।

उद्घाटनका लागि पुग्नुभएका मन्त्री लम्सालले आन्दोलनरत बासिन्दाका गुनासाहरू सुनेलगत्तै उनीहरूका जायज मागहरू सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन ।

सो अवसरमा उपभोक्ता समितिले खानेपानी आयोजनाको सुचारु सञ्चालनको ग्यारेन्टी, सुरुङ निर्माणका कारण चर्किएका घरहरूको उचित क्षतिपूर्ति, सिस्नेखोला लिफ्टिङ खानेपानी आयोजनाको सुनिश्चितता लगायतका मागहरू अघि सारेको छ। साथै, सुरुङमार्गमा स्थानीयहरूको सहज आवतजावत, रोजगारीको अवसर र स्थानीय सुरक्षाको पुख्ता प्रबन्ध मिलाउनुपर्ने उनीहरूको प्रमुख जोड रहेको छ।

1

Scroll to Top