Banijya News

फ्लोरा एक्पोमा साढे ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार

1
1.0K Shares

काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलामा करिब ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्पो ४० हजार भन्दा बढीले अवलोकन गरेका फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जंग बहादुर तामाङले बताए ।

आज साँझसम्म जारी रहने सो फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सो मेला आयोजना गरिएको हो ।

मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख छ ।

सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।

 

1

Scroll to Top