Banijya News

रिलायबल प्राइभेट इक्वीटी फन्डले अकामा होटलमा लगानी गर्ने

1
1.0K Shares

रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्वीटी फन्डले अकामा होटल लिमिटेडमा लगानी गर्ने भएको छ ।

एक कार्यक्रमबीच धुम्बाराही काठमाण्डौंमा अवस्थित उक्त होटलले सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको हो । फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्पmबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तरगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । जसको व्यवस्थापन बालुवाटार, काठमाण्डौंस्थित रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।

1

Scroll to Top