आज फेरी सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार १८ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि १८ सय रुपैयाँले नै घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २ हजार ३३३ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ३४ पैसामा कारोबार भइरहेको छ ।


