Banijya News

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक आइतबार सम्मका लागी स्थगित

1
1.0K Shares

आजपनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।

समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बसे पनि कुरा मिल्न सकेको छैन।

1

Scroll to Top