Banijya News

अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिद दर स्थिर रहँदा युरो र पाउण्डमा सामान्य हेरफेर देखिएको छ।

राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ६१ पैसा र बिक्री दर १३९ रुपैयाँ २१ पैसा कायम भएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिद दर १६० रुपैयाँ २८ पैसा र बिक्री दर १६० रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८५ रुपैयाँ र बिक्री दर १८५ रुपैयाँ ८० पैसा तोकिएको छ।

अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छः

स्वीस फ्रयाङ्क एकको खरिद दर १७२ रुपैयाँ १५ पैसा र बिक्री दर १७२ रुपैयाँ ९० पैसा।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २० पैसा र बिक्री दर ९० रुपैयाँ ५९ पैसा।

क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ७७ पैसा र बिक्री दर १०१ रुपैयाँ २१ पैसा।

सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ६३ पैसा र बिक्री दर १०८ रुपैयाँ १० पैसा।

यी दरहरू नेपाल राष्ट्र बैंकले निर्धारण गरेको र सोहीअनुसार आज दिनभर कारोबार हुनेछ।

1

Scroll to Top