Banijya News

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

1
1.1K Shares

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसको अर्थ, कम्पनीको १ कित्ता शेयर हुने शेयरधनीले थप १ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

शेयरधनीहरुले भदौ २३ गतेसम्म यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २६ गतेसम्म नेप्सेमा शेयर खरिद गरेका लगानीकर्ताहरुले मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

यस कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपाल लिमिटेडले ’इक्राएनपी–आईआर बी’ रेटिङ दिएको छ । यस रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न कम्पनीको क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।

1

Scroll to Top