नेपाली सिनेमा क्षेत्रकै सर्वाधिक व्यापारेको गरेको फिल्म ‘पुर्णबहादुरको सारंगी’ को शिर्ष भुमिकामा रहेका अभिनेता विजय बराल हुन ।
उक्त फिल्मले व्यापार मात्र नभई लाखैँ दर्शहरुको मन समेत जितेको थियो । यहि शुक्रबारबाट उनको प्रमुख भुमिकामा रहेको अर्को फिल्म ‘जनै हराएको मान्छे’ प्रर्दशनमा आउने भएको छ । हिमाल न्यौपानेको निर्देशनमा निर्माण भएको उक्त फिल्मको ‘नाम’ लाई लिएर विवाद पैदा भएको थियो ।
यसे अघि यस फिल्मको नाम ‘जनै हराएको बाहुन’ थियो । फिल्मको नामलाई लिएर केहि संस्थाहरुले नाम परिर्वतन गर्न दबाब दिएपछि फिल्मको नामलाई परिमार्जित गरि ‘जनै हराएको मान्छे राखिएको हो । केहि व्यक्तिहरुले धार्मिक फिल्म हो भन्दै टिप्पणी पनि गरेका छन ।
यसको उत्तरमा निर्देशक हिमाल न्यौपानेले फिल्म ‘जनै हराएको मान्छे’ धार्मिक नभएको कुरा प्रष्ट्र पारेको छन । उनले भने, ‘हाम्रो फिल्म धार्मिक होइन । सामाजिक कथा हो । फिल्मको विषयसंग जोडिएर जनै भन्ने शब्द आईपुगेको मात्र हो । अनावश्यक झमेलामा फस्न नचाहेर फिल्मको शिर्षकबाट ‘बाहुन’ शब्द हटाएको पनि उनले बताए ।
त्यस्तै युटुव मार्फत सार्वजनिक भएको ट्रेलरले अहिले सम्म झण्डै १४ लाख भ्युज प्राप्त गरेको छ भने दर्शकहरुको प्रतिक्रियामा पनि राम्रै देखिएको छ । फिल्मलाई देशभरिका हलले राम्रो पनि उपलब्ध गराएका छन । मंगलबारबाट अग्रिम टिकेट बुकिङ पनि खुला भइसकेको छ । त्यस्तै बुधबार साँझ काठमाण्डौंको ‘वान सिनेमाज’ फिल्मको प्रिमियर शो को आयोजना गरिएको थियो । उक्त प्रिमियर शो बाट पनि फिल्मको सकरात्मक प्रतिक्रिया आएको देखिन्छ ।
यसरी क्रमशः फिल्मको समग्र विषयवस्तुलाई निहाल्ने हो भने फिल्म राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । त्यस्तै फिल्म बिजय बराल सहित केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, र सुमन थापा लगायतको अभिनय रहेको छ । यसमा नविन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ । निर्माता कमल न्यौपाने र विमल न्यौपाने रहेको फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो ।


