Banijya News

‘डिप फेक’ अडिओ बनाएपछि स्वर्णीम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दर्ता गरेका छन्। बुधबार दिउँसो वाग्ले भोटाहिटीस्थित ब्युरो पुगेर निवेदन दर्ता गरेका हुन्।

ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको बताए। नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो।

उपसभापति वाग्लेले त्यसप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। यस्ता सामग्री पोस्ट गर्ने, अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरेका छन्।

1

Scroll to Top