Banijya News

केही दिनका निम्ति सरकारी भुक्तानी रोकियो, कर्मचराीलाई दशैं खर्च भने जसरी पनि खुवाउने

1
1.3K Shares

महालेखा नियन्त्रक कार्यालयले केही दिनका निम्ति भुक्तानी रोकेको छ । ‘जेनजी’को आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले यसलाई रोकेको हो । महालेखा सरकारको लेखापाल हो ।

“केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको छ,” अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए । उनका अनुसार सहज भएपछि भुक्तानी प्रक्रिया अगाडि बढ्ने छ ।
उनले कर्मचारीलाई तलब खुवाउन र दसैँ खर्च दिन समस्या नहुने र केही दिनभित्र वितरण हुने जानकारी दिए । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयमा क्षति नभएको उनले बताए ।

1

Scroll to Top