Banijya News

बालेन लक्षित हर्क साम्पाङको स्टाटस– विदेशी एजेण्टले खोल्ने पार्टीमा आवद्ध हुने युवा कस्ता होलान् ?

1
1.1K Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै टिप्पणी गरेका छन्।

हालै अन्तरिम सरकार गठनसँगै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ। यसबीच बालेनले नयाँ राजनीतिक पार्टी खोलेर चुनावमा सहभागिता जनाउने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा छ ।

यही प्रसंगमा मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,‘देश जलाएर आफू लुकेर बस्नेले पार्टी खोल्ने रे । विदेशी एजेण्टले खोल्ने पार्टीमा आवद्ध हुने युवा कस्ता होलान् ? कति हाँस्नु अब! म त हाँसेरै मर्छ होला !’

अन्तरिम सरकार प्रमुखको दाबी गर्दै काठमाडौँ आएका साम्पाङ रित्तो हात धरान फर्किएका थिए। त्यसपछि उनले लगातार सरकार र मेयर बालेनप्रति भँडास पोखेका छन्।

1

Scroll to Top