Banijya News

जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

1
1.2K Shares

केही समयदेखि चर्चामा रहेको ‘जेन जी’ आन्दोलन र त्यसपछि मेयर हर्क साम्पाङको सक्रियताले धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउन सफल भएको छ। आन्दोनलमा सधै चर्चामा रहेका मेयर हर्क साम्पाङले प्रधानमन्त्री नपाएपछि उनी धनरा फर्किएका थिए । लगत्तै उनले धरान पुगेर बजेट पास गरेका हुन् । आन्दोलनको प्रभावपछि राजनीतिक दल चुप बस्दा साम्पाडलाई बजेट ल्याउन सजिलो भएको हो । यस अगाडि बजेट ल्याउँन खोज्दा राजनैतिक दलले विभिन्न किसिमको भाँजो हाल्दै आएका थिए ।

यसै आन्दोलनको प्रभावपछि १७औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। यस बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकासततर्फ रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ ।

साथै आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ रु १५ लाख, राजस्व परिचालनतर्फ रु ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु पाँच करोड पाँच लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि रु २१ करोड विनियोजन गरेको छ ।

त्यसैगरी नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु एक करोड ८२ लाख र विशेष अनुदानबाट रु पाँच करोड ४३ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले २० वटै वडाका लागि यस वर्ष २१ करोड रुपैयाँ विनियोजन गरेको छ। यसबाहेक, चालु खर्चका लागि १ अर्ब ३१ करोड, सशर्त अनुदानबाट ६० करोड ५६ लाख, समपूरक र विशेष अनुदानबाट क्रमशः १ करोड ८२ लाख र ५ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेटले धरानको विकासका लागि महत्त्वपूर्ण ढोका खोलेको विश्वास गरिएको छ। नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।

बजेटका मुख्य स्रोतहरू:

  • आन्तरिक राजस्व: रु ८० करोड ५३ लाख
  • सङ्घीय सरकार अनुदान: रु ८९ करोड २९ लाख
  • प्रदेश सरकार अनुदान: रु ७ करोड ७३ लाख
  • राजस्व बाँडफाँट: रु ३४ करोड १८ लाख
  • सडक बोर्ड र गत वर्षको मौज्दात: रु ९ करोड

प्रमुख क्षेत्रमा बजेट विनियोजन:

  • सहरी योजना तथा भौतिक पूर्वाधार: रु ६६ करोड ९४ लाख
  • शिक्षा, युवा तथा खेलकुद: रु ४६ करोड ८५ लाख
  • स्वास्थ्य: रु ६ करोड ९९ लाख
  • सामाजिक विकास: रु ४ करोड ८६ लाख
  • वन, वातावरण तथा विपद् व्यवस्थापन: रु २ करोड ७४ लाख

1

Scroll to Top