Banijya News

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा र अनुसन्धान आयोग प्रमुखमा कार्की

1
1.1K Shares

सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

आयोगको काम र संरचना

भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको ज्यान गएको थियो भने भदौ २४ गते सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । यी घटनाहरूको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाही सिफारिस गर्न आयोगलाई तीन महिनाको समय दिइएको छ ।

आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय अनुसन्धान विभागमा नयाँ नेतृत्व

मन्त्रिपरिषद् बैठकले देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक)मा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । निवर्तमान प्रमुख हुतराज थापाको अवकाशपछि रिक्त रहेको पदमा कार्कीको नियुक्ति भएको हो ।

नयाँ नेतृत्वका लागि कार्की र ओमप्रकाश जोशीबीच प्रतिस्पर्धा थियो । दुवै जना ०५३ पुस ५ गते निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए । कार्कीले मुख्य अनुसन्धान निर्देशकको पदमा ३ वर्षसम्म काम गर्नेछन् ।

1

Scroll to Top