नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्ति समस्या नरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्तिमा समस्या नभएको बताए ।
मुगलिन–नारायणगढ सडक खण्डमा देखिएको अबरोधका कारण पृथ्वी राजमार्ग अन्तर्गतका विभिन्न पेट्रोल पम्पहरूमा केही दिनदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको थियो।
हाल उक्त सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आइसकेको हुँदा पेट्रोलियम पदार्थको आपूर्ति नियमित भइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतका सम्पूर्ण पेट्रोल पम्पहरूमा अब पेट्रोलियम पदार्थको अभाव नरहेको उनले बताए ।
उनले भने,‘मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भईसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु।’


