Banijya News

आफ्नै खुसी अरुलाई सुम्पेर जितेको मान्छे

1
1.3K Shares


✍️ – जी शाह।


गलतलाई गलत र सत्यलाई सत्य भन्ने हिम्मत राख्छु म
त्यसैले आज भोलि नातागोता कम राख्न खोज्छु म
एक समय थियो जब कुरा कहिले नसिद्धिने जस्तो हुन्थ्यो
आज सबै सिद्धि सक्यो तर अझै पनि कुरा सिद्धेको छैन
कुरा बिषको होइन त्यो त मैले पिईं सकें
अप्ठ्यारो अरुलाई भयो कि म अझै बाँचि रहें
जो मान्छे जति चुपचाप रहेर बस्छ
उ आफ्नो इज्जत त्यतिनै बचाएर बस्छ
दिनमा एक छिन आफ्नो दिलको अदालतमा पस्नु
सुनेको छु त्यहाँ कहिले झुठो कुरा हुदैन रे !
कसैलाई त्यस्तो धेरैं महत्व दिन हुँदैन रे !
कि उस्ले हाम्रो अनुहारको मुस्कान छिनेर लगोस् रे!
जुन दिन आफ्नो हाँसोको मालिक आफैं बन्छ तिमी
त्यस दिन देखि कसैले तिमीलाई कहिले रुवाउन सक्दैन
के लुट्छ यो संसार हाम्रो खुसी खोज्दा खोज्दै
म त आफ्नै खुसी अरुलाई सुम्पेर जिति सकेको छु

1

Scroll to Top