Banijya News

अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

1
1.2K Shares

अमेरिकी सरकारको खर्च विधेयक सिनेटमा पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ। डेमोक्र्याटहरूले प्रस्तुत गरेको खर्च विधेयकको पक्षमा ४७ र विपक्षमा ५३ मत खसेको थियो भने रिपब्लिकनहरूले पेस गरेको विधेयक पनि ५५–४५ मतले अस्वीकृत भएको हो। सरकारी खर्चका लागि आवश्यक बजेट पारित नहुँदा सरकारी एजेन्सीहरू चलाउन पैसाको अभाव भएको छ, जसले गर्दा धेरै गैर–आवश्यक सेवा र कार्यालयहरू बन्द भएका छन्।

ह्वाइट हाउसको वेबसाइटमा शटडाउनको काउन्टडाउन घडी राखिएको छ र यसलाई ‘डेमोक्रेटहरूले गराएको बन्द’ भनिएको छ। ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले पनि मंगलबार मध्यरातबाट सरकार बन्द हुने पुष्टि गरेको थियो। यता, डेमोक्र्याट र रिपब्लिकनहरूले बन्दको लागि एकअर्कालाई दोष लगाइरहेका छन्।

यो शटडाउनको प्रभाव व्यापक हुने देखिएको छ। राष्ट्रिय निकुञ्जहरू बन्द भएका छन् र श्रम तथ्याङ्क ब्युरो पनि बन्द भएको छ, जसका कारण शुक्रबार जारी हुने भनिएको मासिक रोजगार रिपोर्ट रोकिएको छ। यद्यपि, सेना, हवाई ट्राफिक नियन्त्रण र सामाजिक सुरक्षा जस्ता अत्यावश्यक सेवाहरू भने जारी रहनेछन्।

के हो शटडाउन ?

अमेरिकी सरकारको कामकारबाही चलाउन हरेक वर्ष बजेट पारित गर्नु पदर्छ । कुनै कारणले सिनेट र हाउस अफ रिप्रेजिन्टेटिभ्समा कुनै कारणले सहमति जुट्न सकेन र खर्च विधेयक पारित हुन सकेन भने सरकारी एजेन्सी चलाउन आवश्यक पैसा उपलब्ध हुन्न । यी एजेन्सीका कर्मचारीलाई तलब बाड्न सकिँदैन । यस्तो अवस्थामा गैर–आवश्यक सेवा र कार्यालयहरू बन्द हुन्छन् ।

के भन्छ ह्वाइट हाउस ?

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले पनि मंगलबार मध्यरातबाट सरकार बन्द हुने पुष्टि गर्ने ज्ञापनपत्र जारी गरेको थियो । यस ज्ञापनपत्रमा निर्देशक रसेल भोटले हस्ताक्षर गरेका छन् । यसैबिच डेमोक्रेट र रिपब्लिकनहरूले बन्दको लागि एकअर्कालाई दोष दिइरहेका छन् । रिपब्लिकनहरूले कांग्रेसलाई नियन्त्रण गर्छन् । तर सिनेटमा कुनै पनि खर्च विधेयक पारित गर्न उनीहरूसँग ६० मत चाहिन्छ । तर यो मत उनीहरूसँग पुग्दैन ।

बन्दको प्रभाव व्यापक हुनेछ । राष्ट्रिय निकुञ्जहरू बन्द भएका छन् । श्रम विभाग अन्तर्गत सञ्चालन हुने श्रम तथ्याङ्क ब्युरो पनि बन्द भएको छ । यसको अर्थ शुक्रबारको लागि तय गरिएको मासिक रोजगार रिपोर्ट जारी हुनेछैन । बन्दले धेरै संघीय एजेन्सीहरू प्रभावित भएका छन् । यद्यपि सेना, हवाई ट्राफिक नियन्त्रण र सामाजिक सुरक्षा जस्ता आवश्यक सेवाहरू भने जारी रहनेछन् ।

1

Scroll to Top