Banijya News

नेपाली नोटहरूमा ‘नेपाल संवत्’ उल्लेख गर्ने आश्वासन

1
1.2K Shares

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन हुने नेपाली नोटहरूमा नेपालको मौलिक संवत् ‘नेपाल संवत्’ उल्लेख गर्नेबारे सरकारले छलफल गर्ने बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमिको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो आश्वासन दिएकी हुन्।

नेपाल संवत् ११४६ को अवसरमा प्रतिष्ठानले मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रमका लागि आमन्त्रण गर्न गएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर नेपाली नोटमा नेपाल संवत्को प्रयोग गर्ने विषयमा निर्णय लिने बताएकी हुन्।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए अनुसार पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुुनाले अब निष्काशन हुन बाँकी नोटहरूमा नेपाल संवत् प्रयोग गर्न सकिनेबारेमा छलफल गर्ने आश्वासन प्रधानमन्त्रीले दिएकी छन् । उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोमा विशेष चासो व्यक्त गर्दै नेपाल संवत्को नयाँ वर्षको दिन शङ्खधर साख्वाःको सालिकमा हुने माल्यार्पण कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत तय भएको प्रतिष्ठानले जनाएको छ ।

1

Scroll to Top