Banijya News

एमाले सचिवालय बैठक बस्दै : जेन–जी आन्दोलन र महाधिवेशन प्रमुख एजेन्डा

1
1.2K Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ। बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा सुरु हुनेछ।

शुक्रबार सुरु भएर शनिबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएर आजका लागि सारिएको हो।

शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको गहन समीक्षा र पार्टीको आसन्न महाधिवेशनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा पनि सचिवालय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ। महाधिवेशनको तयारी, समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे बैठकले थप निर्णय लिने सम्भावना रहेको छ।

1

Scroll to Top