आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था आफ्नो प्रमुख ’बटमलाइन’ भएको बताए ।
ढुंगानाले यी बटमलाइनहरू सरकारले पूरा नगरेसम्म आफ्नो नयाँ दल निर्वाचनमा भाग नलिने अडान राखेका छन्। उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभई संगठित भएर एजेण्डा लागू गर्नका लागि भएको स्पष्ट पारे।
भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा पनि उनले जोड दिएका छन्। उनले बन्द कलकारखाना सञ्चालन, रोजगारी सिर्जना, पर्यटन विकास र छिमेकी मुलुकलाई लक्षित गरी उत्पादन वृद्धि गर्नुपर्ने आफ्नो समूहको अवधारणा रहेको बताए। नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए ।
“बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।”


