Banijya News

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

1
1.2K Shares

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन् । उनले गाईको पूजा गरी खानेकुरा खुवाएका थिए।

हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने र धन, समृद्धि तथा सौभाग्यको प्रतीक मानिन्छ। तिहारको अवसरमा हरेक घरमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा रहेको छ।

1

Scroll to Top