Banijya News

गुण्डुमा एमालेको सचिवालय बैठक

1
1.2K Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा शुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक शुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी जानकारी दिए । उनले आजको बैठकमा आगामी ११औं राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए ।

एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यस्तै आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ ।

1

Scroll to Top