Banijya News

शिखर इन्स्योरेन्सद्वारा आयोजित देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

1
1.1K Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरि बढ्दो रगतको माग रहेको परीपेक्षमा कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको अगुवाइमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेस प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदूरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्गदर्शन, व्यवस्थापन तथा योगदान प्रदान गर्ने कम्पनीको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस परिवार, रक्तदाता तथा सम्पूर्ण सहयोगी प्रति यस कम्पनीले आभार प्रकट गरेको छ ।

1

Scroll to Top