प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबारसम्म ३७ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ मा हुने निर्वाचनमा भाग लिन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ३७ दलले दल दर्ता गराएका हुन्। आयोगमा दल दर्ता गराएका सबै ३७ दलले प्रत्यक्ष(पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागी हुने जनाएका छन्। हालसम्म निर्वाचन प्रयोजनका लागि दल दर्तामा आउने दलहरू पुराना स्थापितदेखि नयाँसम्म छन्।
हालसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल, चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा, अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले दल दर्ता गरेका छन्। त्यस्तै, डोल प्रसाद (डिपी) अर्याल कार्यवाहक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले दल दर्ता गरेको छ। बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले एकता गरी गठन गरेको प्रगतीशील लोकतान्त्रिक पार्टीले पनि दल दर्ता गरेको छ।
यस्तै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ता गराएका नयाँ दल पनि निर्वाचन प्रयोजनका लागि दर्ता गरिरहेका छन्। हालसम्म सन्ध्या खनाल प्रमुख रहेको देश विकास पार्टी, दुर्गा सोब प्रमुख रहेको गतिशील लोकतान्त्रिक पार्टी, द्रोण अधिकारी प्रमुख रहेको देशभक्त समाज, गीता क्षेत्री प्रमुख रहेको नेपाल लोकतान्त्रिक पार्टी, बुद्धलाल मेचे प्रमुख रहेको मंगोल नेशनल अर्गनाइजेसन, विश्वेन्द्र पासवान प्रमुख रहेको बहुजन शक्ति पार्टी पनि निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका छन्।
यस्तै अनिलकुमार झा प्रमुख रहेको नेपाल सद्भावना पार्टी, मेघबहादुर कामी प्रमुख रहेको नेपाल मानवतावादी पार्टी, हुकुमबहादुर लामा प्रमुख रहेको नेपाल जनता संरक्षण पार्टी, चन्द्रलाल मैनाली प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), त्रिभुवननाथ पाठक प्रमुख रहेको नेपाल जनता पार्टी, विजयप्रकाश निषाद प्रमुख रहेको राष्ट्रिय समता पार्टी नेपाल, दत्त मर्दन कामी प्रमुख रहेको संयुक्त नागरिक पार्टी, खड्कप्रसाद पालुङवा प्रमुख रहेको नेपाल जनमुक्ति पार्टी, चन्द्रदेव जोशी प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), जितेन्द्र घिमिरे प्रमुख रहेको राष्ट्रिय यथार्थवादी पार्टी नेपाल पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्।
यस्तै किशोर कुमार विश्वास प्रमुख रहेको समावेशी समाजवादी पार्टी नेपाल, निरबहादुर श्रेष्ठ प्रमुख रहेको जन प्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया प्रमुख रहेको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ प्रमुख रहेको राष्ट्रिय नागरिक पार्टी, अशोककुमार राई प्रमुख रहेको जनता समाजवादी पार्टी, नाम अपूर्ण प्रमुख रहेको राष्ट्रिय परिवर्तन पार्टी, माधवज गुरुङ प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), विनय यादव प्रमुख रहेको राष्ट्रिय एकता दल, रुक्मिणी चौधरी प्रमुख रहेको सङ्घीय नेपाल पार्टीसहित नयाँ पुराना गरी ३४ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका हुन्।


