सहर–गाउँ र डायस्पोरामा चर्चा भइरहन्छ, सुशीला कार्कीलाई प्रधानमन्त्री कसले बनायो ?
एकथरिले भन्छन्, ‘जेनजीले ।’ अर्काथरिले भन्छन्, ‘बाह्य शक्तिले ।’ बहिर्गमित तत्कालीन प्रम केपी ओलीले कार्कीलाई लक्षित गर्दै भन्छन्, ‘जसले बनाएको भएपनि नेपालीले चाहिँ बनाएको होइन ।’
अखिर कस्ले बनाएको हो त शुशिलालाई प्रधानमन्त्री ? त्यो शुशिलानै जानुन । तर प्रधानमन्त्री कार्की आफैंले सम्पादकहरुसँग यो कुरा खोलेकिछिन् । उनले पत्रकारसँग भनिन् : ‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ । मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको । जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाउ भने । म अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ । त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें । एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको । उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्याउँदा प्राण गयो । ’त्यो दिनको भयावह अवस्था देख्दा जोकोही आक्रोशित हुन सक्थ्यो । म पनि आक्रोशित थिएँ । अरु सबैजना रोइरहेका थिएँ । म पनि रोएँ । बाहिर पत्रकार थिए, मलाई सोधिहाले । मैले ज्यानमारा सरकारविरुद्ध कडा बोलें ।
मलाई के थाहा, आफन्त हेर्न अस्पताल जाँदा देखेको दृश्यले मलाई जेनजीकी आमा बनाइदेला भनेर ? त्यसपछि सबैतिर मेरो खोजी सुरु भयो । शीतल निवासमा बोलाइयो । राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, ‘सबैतिर तिम्रो खोजी भएको छ । प्रधानमन्त्री बन्ने तयारी गर ।’
‘म त बन्दिनँ, मलाई चाख छैन,’ उहाँलाई भनें ।
मलाई मेरा श्रीमान् दुर्गाले पनि प्रधानमन्त्री नबन बन्नुभएको थियो । मैले उहाँलाई त्यही घरसल्लाह सुनाएँ ।
राष्ट्रपतिले निकै जोड गर्दा पनि मैले बन्दिनँ भनेपछि उहाँ थरथरथर गर्दै उभिनुभयो र औंला देखाउँदै भन्नुभयो, ‘यस्तो संकटका बेला पनि प्रधानमन्त्री बनिनौ भने म तिमीलाई राष्ट्र बचाउन नलागेको भनेर राष्ट्रघाती भन्दिन्छु । भोलि नै मिडिया बोलाएर म तिमीलाई राष्ट्रघाती भन्दिन्छु, त्यसपछि म प्रधानमन्त्री बनें ।’
‘राष्ट्रपति ज्यूले नै यस्तो भनेपछि म के गर्ने अन्योलमा परे । पछि काठमाण्डौका मेयर बालेनलाई बनाउँने कुरा भयो । उनले पनि म बन्दिन भने । प्रधामन्त्री बन्ने कोही भएनन् । बाहिर निस्के सबै उरेन्ठेउला कुटाकेटी छन् । बन्नै पर्छकी के हो भनेर आयो । पछि हुन्छ बन्छु भने । म के कामको लागि निस्केको थिए के बने ।’


