Banijya News

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्समा प्रहरी घेरामा

1
1.2K Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ का नाइके प्रकाश पाठक फिलिपिन्सको मनिलामा प्रहरी घेराबन्दीमा परेका छन्। पाठकले राईलाई १० दिनभित्र राजीनामा दिन अल्टिमेटम दिँदै हत्या गर्ने र परिवारका सदस्यहरूलाई समेत निशाना बनाउने भन्दै इमेल र भिडियोमार्फत पटक-पटक धम्की दिएका थिए।

इन्टरपोलको सहयोगमा फिलिपिनो प्रहरीले पाठकलाई घेरामा पारेको छ भने उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जाने तयारीमा छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको उक्साहटमा पाठकले धम्की दिएको हुनसक्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारी हाल भ्रष्टाचार मुद्दामा पक्राउ परिसकेका छन्।

पाठकले आफ्ना सुटरहरू परिचालन गरेको र भागेका कैदीहरूमार्फत हत्या गराउने योजना बनाएको दाबी गर्दै आएका थिए।

1

Scroll to Top