Banijya News

के बालेनले मेयरबाट राजिनामा दिने भएका हुन् ?

1
1.1K Shares

पछिल्लो राजनैतिक घटनाक्रममा बालेनको चर्चा बढीनै छ । राष्ट्रिय स्वतन्त्र पाटीले भावी प्रधानमन्त्रीको उमेदवार बन्नेभएपछि उनको चर्चा चुलिएको हो । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ ।


सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ । तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो । उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।

1

Scroll to Top