Banijya News

तरलता प्रशोचन गर्न २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी हुँदै

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न पहिलो पटक २५ अर्ब रुपैयाँ बराबरको ’नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ निष्कासन गर्ने भएको छ ।

एक वर्ष अवधिको यो ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्र बोलकबोलमार्फत सहभागी हुन पाउनेछन् र यसको ब्याजदर पनि बोलकबोलबाटै तय हुनेछ।

इच्छुक संस्थाहरूले न्यूनतम ५ करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्, जसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने व्यवस्था गरिएको छ ।

यस ऋणपत्रमा लगानी गर्ने बैंकहरूले आवश्यक परेमा यसलाई केन्द्रीय बैंक वा अन्य वित्तीय संस्थामा धितो राखेर कर्जा वा तरलता प्राप्त गर्न सक्नेछन् ।

बजारमा तरलता बढी भएर ब्याजदरमा चाप परिरहेका बेला राष्ट्र बैंकले नयाँ उपकरणका रूपमा यो ऋणपत्र ल्याएर वित्तीय स्थायित्व कायम गर्न खोजेको देखिन्छ ।

1

Scroll to Top