आसन्न निर्वाचनको माहोल तातेको छ्। देशै भर उम्मेदवार भोट माग्दै घर दैलो कार्यक्रम शान्तिपुर्ण तबरले भैरहेको छ। एसै क्रममा कांग्रेसको उम्मेदवार नुवाकोटमा पुर्ब अर्थमन्त्री, परराष्ट्रमन्त्री र उर्जा मन्त्री समेत हुनुभएको अनुभव र केन्द्रिय राजनीतिमा ठूलो भुमिका भएका हेबिबेट नेताका रूपमा डा. प्रकाशशरण महतले आफ्नो पहिचान बनाइ सक्नु भएको छ। नुवाकोटबाट चुनाब नलडे पनि मन्त्री हुँदा उहाँले गर्नु भएको काम र बजेट नुवाकोट भरी करिब ७ अर्ब बिनियोजन गर्नु भएको थियो नुवाकोट का मुख्य मुख्य सडक कालोपत्रेका लागि बजेट सुनिश्चित गराउनुभयो अहिले उक्त सडक कालोपत्रे भैसकेको छ,जसलाई ककनी सहित सिंगो जिल्लाको विकासको उत्कृष्ट नुमुना रुपमा अनुभूति भएको छ । यो बाटो माओवादीका बिबादास्पद ठेकेदार सारदा अधिकारी ले बर्सौ बेबारिसे बनाएर छोडेको र ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको हो। काठमाडौ बाट २५ किलोमीटर बाटो हिन्दा ज्यान धरापमा पर्ने अबस्था रहन्थ्यो अहिले २० मिनेट्मा रानिपौवा पुगिन्छ।
त्यस्तै गङगटेबाट समुन्द्र टार राउत बेसि हुँदै गोल्फुभञ्ज्याङ जोड्ने सडकका लागि पनि डा महत ज्यु ले १ अर्ब ३२ करोड बजेटको बिनियोज गरि अहिले दुई लेन सडक पक्की बाटो र पुलहरु बन्दै छ । यी दुई सडकबाट झन्डै नुवाकोटको आधा जनसंख्या जनता प्रत्यक्ष लाभान्वित हुने छन भने सिन्धुपाल्चोकका जनता नुवाकोट र रसुवा जान काठमाडौं आइरहनै पर्दैन। डा महत नुवाकोट लाई कति सम्मान गछ्र्न र जनता प्रती कति उत्तरदायी छ्न भन्ने कुरो यो कामैले देखाइ सकेको छ्न र राजनीतिक भाषणमा होइन, विकासका ठोस परिणाम दिने गरि देखिने गरि काम गर्नेमा विश्वास गर्ने नेता भएको उदाहरण यही हो । उहाँ आफैले भन्नु हुन्छ , हामी कुरा कम काम बढि गछौँ यस पटक नुवाकोटका जनताले कुरा धेरै सुन्ने कि काम हेर्ने ,? काम गरेको देखेपछी पनि अरु नेता भन्ने हो र? मान्छे चिनौ को सहि छ्न को गलत छ्न अरुले चुनाब जितेर के के गरे चुनाबै नलडी उहाँले कति काम गरे मुल्यांकन गर्ने बेला आएको छ।
डा महत अरु प्रतिस्पर्धी भन्दा धेरै फरक छ्न। नुवाकोट–१ मा उँहाका प्रतिस्पर्धीहरू मुख्यतः जिल्ला तहमा सीमित राजनीतिक पहिचान भएका नेताहरू हुन् । जिल्लाका नेता लेबलका नेताले केन्द्रिय स्तरमा गएर राजनीति दबाब दिएर बिकासका कुरा कानुनका कुरा परिवर्तन देखि संसदमा प्रस्तुति दिन सक्ने वाला नै छैनन भने त्यो लेबलमा काम गरेको अनुभब शून्य छ। पुर्ब पर्यटन मन्त्री भए पनि बजेट समेत खारेज गरेछ्न ।यसअघि दुई पटक निर्वाचन जितेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुरले पनि जिल्लाको विकासमा नागरिकले सम्झने खालको योगदान दिन नसकेको गुनासो मतदातामाझ व्यापक छ । उहाँ तामाङ भएकै भरमा जातीय भोटले जित्ने छौ भन्ने बिश्वास गछ्र्न।नेकपा एमालेका उम्मेदवार बद्री मैनाली निर्वाचन त लडिरहेका छन् तर जनताले विश्वास गर्ने आधार दिन सकेका छैनन् । एमाले फुटेर उहाँ लाई अपुताली परेको मात्रै हो ।
नयाँ दलका रुपमा उदाएको रास्वपाका उम्मेदवार विक्रम तिमिल्सनालाई जनताले चिनेका छैनन् जो पहिलो पटक मैदानमा छन्, उनको राजीतिक पृष्टभूमि र योगदान डा. महतसँग तुलना गर्न स्वयम नुवाकोट १ मा नमिल्ने मतदाताहरुले नै भन्दै आएका छन् पैसा तिरेर टिकट लिएको पनि ब्लेम छ इनिमा यि बाहेक अन्य उम्मेदवारहरु निर्वाचनका लागि उम्मेदवार बनेका मात्रै हुन भन्ने कुरालाई स्वयम्ले नै बुझेका छन् । तर यसको विपरीत डा. महत राष्ट्रिय निर्णय प्रक्रियामा बसेर नुवाकोटका मुद्दा उठाउन सक्ने हैसियत राख्छन् । निर्वाचन जितेपछि उनी केवल सांसद मात्र होइन, राष्ट्रिय राजनीति नै नेतृत्व गर्न सक्ने क्षमतावान नेताका रूपमा हेरिएका छन् ।
झुटा आश्वासन होइन, पूरा गर्न सकिने प्रतिबद्धता
डा. महतको राजनीतिक शैलीको सबैभन्दा बलियो पक्ष भनेको नहुने कुरा नबोल्ने र बोलेको पूरा गर्ने दाजु ठुला दाइ डा राम शरण महतकै बानि रहेको छ। उनी भड्किलो नारा र अव्यवहारिक आश्वासनभन्दा दीर्घकालीन योजना र स्रोत सुनिश्चिततामा जोड दिन्छन् यो भनेको उहाँको ग्यान सुझ बुझ अनुभबले खारिएका नेता प्रमाणिात हुन्छ। पहिलो पटक आफ्नै जन्मथलोबाट निर्वाचन लडिरहेका डा. महत आफूलाई केवल उम्मेदवार नभई नुवाकोटको सेवकका रूपमा प्रस्तुत गरिरहनु भएको छ।
जितका बलिया दावेदार डा महत
अनुभव, योगदान, काम गर्ने तरिका र जिल्लामा खटाइले डा. प्रकाशशरण महत नुवाकोट क्षेत्र नं. १ का जितका बलिया उम्मेदवार हुन् । २१ गतेको चुनाब नुवाकोट बासिले आफ्नो भबिस्य संग दाजेका छ्न उहाँलाई चुनाब जिताएर काठमाडौं छहरे सुरुङ मार्ग बन्छ भन्ने स्थानिय जनताको ठूलो बिश्वास रहेको छ। नुवाकोट बासिले एस्ता गतिलो होनाहार योग्य उम्मेदवार पाउनुनै गर्वको कुरो हो भन्ने गरेको हजारौं जनता छ्न।नुवाकोट बिकास र रोजगार नुवाकोट औद्योगिककरण गराउने पुर्बाधार बिकासको केन्द्र बन्ने आसा अब डा. प्रकाशशरण महतमाथि केन्द्रित छ ।


