Banijya News

प्रचण्डका लागि रातारात फेरियो रुकुमपूर्वमा समर्थन

1
1.1K Shares

रुकुम पूर्वको राजनीति समिकरण धमाधम परिर्वनत भएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार रहेको क्षेत्रमा समिकरण परिर्वतन भएको हो । यहाँ नेकपा एमालले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो । रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई दुवै दलले संशोधन गर्दा एमालेले रुकुमपूर्वमा दिएको समर्थन फिर्ता लिएको हो ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने छन् । रुकुमपूर्वमा कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

1

Scroll to Top