Banijya News

ढल्यो नेमकिपाको पिलर, भक्तपुर १ मा रास्वपा भयो विजयी

1
1.1K Shares

नेपाल मजदुर किसान पाटीको किल्ला मानिने भक्तपुरमा रास्वपाले बिजय हासिल गरेको छ । यसअघि सो क्षेत्र २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा चिनिएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपा पराजित भएको छ । यहाँ रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । रास्वपाका रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १७८ मात्रै पाएका छन् ।

सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेमकिपाबाट सुवाल विजयी भएका थिए ।

1

Scroll to Top