Banijya News

सागर ढकालको प्रश्न– प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?

1
1.1K Shares

प्रतिनिधिसभा सदस्य सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई गल्ती सच्याउन अनुरोध गरेका छन् । प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोतित तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गराएकी थिइन् ।

उक्त निर्णयको चौतर्फी आलोचना भइरहेका बेला ढकाल प्रधानमन्त्री कार्कीलाई गल्ती सच्याउन अनुरोध गरेका हुन् । ‘आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन् । हजुरले पनि देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ । जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनुहुनेछ भन्ने कामना गरेका छौँ’, ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ । आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ ।’

1

Scroll to Top