नेपाल राष्ट्र बैंकले अमृत लक्ष्मी मनी चेन्जर प्रालि र सुपर फाइन मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज छ ।मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज हो ।
बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो । नियमावली अनुसार मनी चेन्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्छ ।


