Banijya News

आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि

1
1.1K Shares

भारतीय प्रसिद्ध गायिका आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिनेछ ।

आनन्दका अनुसार अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ । “ठूलो जमघट हुने सम्भावना भएकोले त्यहाँ भीडभाड नगर्न म मानिसहरूलाई अनुरोध गर्दछु,” उनले भनेका छन् ।

आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

1

Scroll to Top