Banijya News

पक्राउको हल्ला निराधार : शेखर गोल्छा

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् । उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला कसरी कहाँबाट फैलियो जानकारी भएन ।”

गोल्छा पक्राउ परेको सामाजिक सञ्जालमा हल्ला फैलिएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट रोकिएको छ । बुधबार राति भैरहवास्थित बुटवलको एक होटलबाट उनलाई पक्राउ गर्ने प्रयास गरिएको थियो । तर, सोही क्रममा भएको छलफलपछि गोल्छा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने सहमति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई फोन सम्पर्कमा रहने, मोबाइल अफ नगर्ने र सिधै प्रहरीको सम्पर्कमा रहने शर्तमा छाडिएको हो ।यसअघि दिपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित कानुनविपरीत कारोबारमा उनको संलग्नता रहेको आशंका गरिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

1

Scroll to Top