Banijya News

कांग्रेस संसदीय दलको नेता आज चयन हुने

1
1.1K Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश स्नेही रसाइली का अनुसार बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ।

बैठकमा सभापति गगनकुमार थापा ले सर्वसम्मत नाम प्रस्ताव गर्नेछन्। त्यसपछि दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले उक्त निर्णय अनुमोदन गर्दै औपचारिक रूपमा नेता चयन गर्नेछ।

दलको नेतामा भीष्मराज आङदेम्बे, मोहन आचार्य र अर्जुननरसिंह केसी दाबेदार छन्। नेतृत्व चयनमा थापा र उपसभापति विश्वप्रकाश शर्मा बीच मतभेदका कारण लामो समयदेखि प्रक्रिया ढिलिएको थियो।

1

Scroll to Top