नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो । आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयर बजारमा आज ३० कम्पनीका मात्र सेयरमूल्य बढे। २३५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा तीन समूहका उपसूचक मात्र बढे भने बाँकी १० समूहका उपसूचक घटे।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.७६ प्रतिशतले घट्दा विकास बैंक समूहको सूचक ०.१४ प्रतिशतले बढ्यो। यस्तै फाइनान्स ०.६४‚ होटेल तथा पर्यटन १.६४‚ जलविद्युत् १.४५‚ लगानी ०.६६‚ जीवन बिमा ०.८४‚ उत्पादन तथा प्रशोधन २.२४ र लघुवित्त ०.५४ प्रतिशतले ओरालो लागे। यसैगरी म्युचुअल फन्ड ०.०१ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा १.११ र अन्य समूहको उपसूचक ०.९२ प्रतिशतले घट्यो। आजको दिनमा व्यापार समूहको उपसूचक भने १.०९ प्रतिशतले बढ्यो।
नेप्सेमा बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले १३.८१ प्रतिशतले आम्दानी गरे। यसैगरी केबीएल डिबेन्चर–२०९० का लगानीकर्ताले ११.४६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको २४ करोड १९ लाख ६३ हजार ११७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। बुधबार यसको ११ लाख ४९ हजार ७९८ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १३.०५ रुपैयाँ कायम रह्यो।


