Banijya News

शेखर गोल्छाको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’मा

1
1.1K Shares

थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको वन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बुधबार (वैशाख १६) सुनुवाइका लागि पेसी तय भएको थियो । मंगलबार २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आदेश दिएको थियो । गोल्छालाई ढिला उपस्थित गराएका कारण सुनुवाइ हुन नसकेको हो ।

गोल्छाको तर्फबाट उनकी श्रीमती सीमा गोल्छाले सोमबार (वैशाख १४)मा सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । सर्वोच्चमा भएको सुनुवाइपछि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र वन्दीलाई उपस्थित गराउन आदेश दिएको थियो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा उनको नामसमेत मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो ।

1

Scroll to Top