श्री गणेश प्लाइउड इन्ड्रस्टिज प्रालिअन्तर्गतको जागुआर प्लाईले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
सोमाबार जगुआर प्लालाइका निर्देशक रोहित निमानी र सोपालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
निर्देशक निमानीले सोमपाललाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले ग्राहकसँगको सम्बन्ध अझै बलियो बनाउने विश्वास व्यक्त गरे ।
सोमपालले जागुआरसँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको भन्दै ब्रान्डको विकासमा योगदान गर्न उत्साहित रहेको बताए ।


