कैलाली स्थित निर्माण व्यवसायीहरुको संगठन नेपाल निर्माण व्यवसायी संघ कैलालीको १२ औं अधिवेशनमा महासचिव पदमा इञ्जिनियर किरण राउलले उम्मेदवारी घोषणा गरेका छन् । कैलाली निर्माण व्यवसायी संघको २९औ साधारण सभा बिहीबारबाट सुरु भएको छ । चुनाव भने शुक्रबार हुँदैछ ।
सिभिल इञ्जिनियर राउल सार्वजनिक खरिद व्वयस्थापनमा विज्ञको रुपमा चिनिन्छन । यसैगरी सडक डिजाइनमा पनि उनी विज्ञको रुपमा चिनिन्छन । उनी निर्माण व्यवसायीहरुवीच लोकप्रिय मानिन्छन । व्यवसायीहरुको हत हित तथा संस्थाको संस्थागत सुदृढिलाई उनले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । यसैगरी निर्माण व्यवसायीहरुले अहिले भोगिरहेका समस्याको सामधान गर्न तथा यस क्षेत्रमा नीतिगत सुधार ल्याउन आफूले पहल गर्ने उनले बताएका छन् । ‘महासचिव पदमा विजयी भने निर्माण व्यवसायीहरुको हक हितमा अझै सक्रिय हुने छ’ उनले भने ।
पछिल्लो समय निर्माण व्यवसायी क्षेत्र ठूलो संकटमा परेको छ भने निर्माण व्यवसायीहरु दोहोरोमा मारमा पारेका छन । यस्तो विषम परिस्थितिलाई चिर्दै निर्माण व्यवसाय क्षेत्रलाई अहिलेको संकटबाट टार्न आफूले भूमिका खेल्ने उनको भनाइ छ । कैलाली निर्माण व्यवसायी संघको अध्यक्ष पदमा दिर्घराज जोशी र नबिन कान्त पन्तले उम्मेदवारी दिएका छन् । कैलाली निर्माण व्यवसायी संघ नेपाल निर्माण व्यवसायी महासंघको मातहतमा रहेको छ ।


