Banijya News

सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्स कम्पनीलाई कारबाही

1
1.0K Shares

नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। बीमासम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले सम्पत्ति बीमामा तोकिएको भन्दा बढी बीमा शुल्कमा छुट दिएको पाइएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। यस कम्पनीलाई स्वामित्व परिवर्तनसम्बन्धी नियम पालना नगरेकाले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

1

Scroll to Top