Banijya News

अण्डाको मूल्य बढ्यो, अब क्रेटको कति ?

1
1.0K Shares

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य तोकिएको हो । नयाँ मूल्यअनुसार अण्डाको मूल्य बढेको छ ।

ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम भएको संघले जनाएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो । मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४०० रुपैयाँ रहेको थियो ।

देशका विभिन्न भागमा फैलिएको बर्डफ्लुका कारण हालसम्म ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट गरिएकाले उत्पादनमा उल्लेख्य गिरावट आएपछि मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ ।

1

Scroll to Top