Banijya News

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

1
1.0K Shares

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि नियुक्ती गरेको थियो।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा दोस्रो चरणमा हटाइने सूचीमा भट्ट पनि परेका थिए । उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।

1

Scroll to Top