Banijya News

लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद समाधानका लागि कूटनीतिक पहल अघि बढेको प्रधानमन्त्रीको दाबी

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता सीमा विवाद समाधानका लागि सरकारले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद पद्मा अर्यालले लिपुलेकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। दुवै छिमेकी मुलुकहरू नेपालको कूटनीतिक नोटप्रति सकारात्मक रहेको र वार्ताकै माध्यमबाट यसको समाधान खोज्न तयार देखिएको उनले संसद्लाई आश्वस्त पारे। प्रधानमन्त्री शाहका अनुसार यस ऐतिहासिक सीमा समस्याको समाधानका लागि नेपाल सरकारले बेलायत सरकारसँग पनि संवाद अघि बढाएको छ।

तत्कालीन समयमा ‘ब्रिटिस इन्डिया’ र नेपालबिच भएका ऐतिहासिक सहमति, दस्तावेज र तथ्यहरूका विषयमा बेलायत सरकारसँग आधिकारिक रूपमा कुराकानी गरिएको उनले दाबी गरे। सीमा विवादको स्थायी समाधानका लागि ऐतिहासिक प्रमाणहरू जुटाउने कार्य भइरहेको उनको भनाइ थियो।

1

Scroll to Top