Banijya News

फिफा विश्वकप २०२६ : सह–आयोजक मेक्सिको अन्तिम १६ मा

1
1.0K Shares

सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

२१ औं मिनेटमा क्वीन्योनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ३१ औं मिनेटमा जिमिनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे। त्यसपछि दुवै टीमबाट गोल गर्ने प्रयासहरु भए पनि सफल हुन सकेन र खेल मेक्सिकोको पक्षमा गयो। हारसँगै इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै टुंगिएको छ। विजेता मेक्सिकोले भने अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।

1

Scroll to Top