Banijya News

बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

1
1.0K Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल मन्दिरको जग्गा अनाधिकृत रूपमा भाडामा लगाइएको आरोपमा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा थप अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार बाल मन्दिरको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत भाडामा लगाइएको विषयमा अनुसन्धान जारी रहेकाले आवश्यक प्रमाण संकलनका लागि पक्राउ गरिएको हो। यद्यपि पक्राउ परेका व्यक्तिहरूको नाम र परिचय अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल सार्वजनिक गरिएको छैन।

यस प्रकरणमा सरकारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग, भाडा सम्झौता र त्यससँग सम्बन्धित निर्णय प्रक्रियाको समेत सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कागजात तथा प्रमाणका आधारमा थप व्यक्तिमाथि पनि अनुसन्धानको दायरा विस्तार हुन सक्ने संकेत सिआइबीले दिएको छ। अनुसन्धान पूरा भएपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने ब्युरोले जनाएको छ।

1

Scroll to Top