Banijya News

अर्थमन्त्रीसँग किन भए प्रधानमन्त्री रुष्ट ? हटाउनेबारे सभापतिसँग छलफल?

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को महाधिवेशन पछि नै सरकारका केही मन्त्री परिवर्तन हुने हल्लाका बीच अर्थ मन्त्रालयको नेतृत्व समेत परिवर्तन बारे बहस भएको बाहिर आएको छ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनबारे अनौपचारिक छलफल भएको खुल्न आएको छ । दाबीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सरकारको जिम्मेवारीभन्दा पार्टी संगठनमा केन्द्रित गराउने र अर्थ मन्त्रालयमा नयाँ नेतृत्व ल्याउने प्रस्तावबारे कुराकानी भएको हो । भेटमा प्रधानमन्त्रीले नै अर्थमन्त्री हटाउनु पर्ने माग राखेपछि सभापति लामिछाने केही समय मैन बसेका थिए । प्रधानमन्त्री नै असन्तुष्ट हुनुको कारण सोध्दा प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा र उत्पादन क्षेत्रमा महशुल बढाएर आफूलाई नै बदनाम गराएको भन्दै असन्तुष्टी जनाएका थिए । यसबाट रास्वपा सरकारप्रति जनताको नकारात्मक धारणा जन्माएको प्रधानमन्त्रीको तर्क रहेको स्रोतको दाबी छ ।

सरकारले ल्याएको नयाँ कर व्यवस्था लागू भइसकेको छ । यो ब्यवस्था अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीमै असर गर्नेगरी करका दर निर्धारण गरेकाले अर्थमन्त्री फेर्नुपर्ने निश्कर्षमा प्रधानमन्त्री पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट हुनुको कारण सार्वजनिक स्थानमा अर्थमन्त्रीले गरेको नियुक्ती पनि रहेको छ । अर्थमन्त्री बाग्लेले प्रधानमन्त्रीसँग समेत सल्लाहनगरी पाटीको लाइन बिपरित राजनीतिक नियुक्त दिदै आएका छन् ।
प्रधानमन्त्रीले राजिनामा दिएर पाटीको काममा लाग्नुपर्ने भनेपछि सभापति लामिछानेले बाग्ले सिनियर नेता भएको र भर्खर मात्र सरकार बनेकोले अहिलेनै अर्थमन्त्री फेर्दा जनतामा गलत सन्देश जाने भएकाले गर्दा हतारमा निर्णय नगर्न सल्लाहदिएको पाटी उच्च स्रोतले दाबी गरेको छ ।

1

Scroll to Top