Banijya News

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसंघको अपिल

1
1.0K Shares

नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।

परिसंघले समस्या समाधानका लागि संवाद र वार्ताको बाटो अपनाउनुपर्ने तथा हिंसा र द्वन्द्वबाट समाधान ननिस्कने उल्लेख गरेको छ।

यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै उद्योग व्यवसाय र आमनागरिकको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरिएको छ।

सामाजिक सद्भाव प्रवर्द्धनका गतिविधिमा सक्रिय सहयोग गर्न सबै शाखा तथा सरोकारवालालाई आह्वान गरिएको उल्लेख गरिएको छ।

1

Scroll to Top