Banijya News

नाइमा अटो शोमा टोयोटाका गाडीमा २१ लाख रुपैयाँसम्म छुट

1
1.0K Shares

आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ का टोयोटा नेपालले विशेष छुट तथा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ।

नेपालमा टोयोटाको आधिकारिक वितरकका अनुसार अटो शोको अवसरमा गाडी बुकिङ गर्ने ग्राहकहरुले ३ लाखदेखि २१ लाखसम्म नगद छुट प्राप्त गर्नेछन्।

यो विशेष अफर अटो शो अवधिभर गरिने बुकिङमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

अटो शोका क्रममा टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। नयाँ मोडलको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने र ग्राहकलाई नयाँ प्रविधि तथा अनुभव प्रदान गर्ने टोयोटाका लक्ष्य रहेको कम्पनीको भनाइ छ।

नगद छुटका साथै नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकमध्येमबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रुपमा ‘इलाइट एक्प्लोर्स कन्या कुमारी ड्राइभ’ सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

त्यसैगरी नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले ‘कम्युनिटी ड्राइभ’ मा सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ।

टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।

1

Scroll to Top